
२३ फागुन, काठमाडौं । अर्काको ईसेवाकाे खाताबाट रकमान्तर गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
अनलाइन ठगीमा संलग्न भएको आरोपमा दाङको तुल्सीपुर उपमहानगरपालिका–४ घर भई काठमाडौंको चावहिल बस्दै आएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको सानोठिमीबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।
भेटघाट गरेर नजिक भएपछि विभिन्न बहानामा कम्प्युटर, ल्यापटप र मोबाइल हेर्ने र गुगल एकाउण्टको पासवर्ड थाहा पाएर ईसेवाको एकाउण्ट खोलेर अन्य व्यक्तिका खातामा अनधिकृत रुपमा रकम पठाउने गरेको पीडितहरुले उजुरी दिएका थिए ।
पक्राउ परेका आशिषलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4