Comments Add Comment

सर्वोच्चको फैसला अस्वभाविक र राजनीतिक आग्रह प्रेरित : श्रेष्ठ

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् ।

नेकवाको नाम विवादमा सर्वोच्चले तत्कालीन एमाले र माओवादी ब्यूँताउने फैसला गरेको छ । यसबारे समग्र धारणा र पार्टीको नीति बनाउन भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको श्रेष्ठले बताए ।

साथै उनले फैसला सोच्नै नसकिने  र स्तब्ध बनाउने भएको समेत बताएका छन् । रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको भन्दै उनले भनेका छन्, ‘यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनविरुद्ध छ, राजनीतिक आग्रह प्रेरित छ र गलत छ । यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालको राष्ट्रिय सार्वभौमिकताविरुद्ध शक्तिहरुको षडयन्त्र जारी रहेको समेत बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा नै आफूहरुले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराविरुद्ध सचेत भइरहन अपील गरेको समेत उनले स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment