Comments Add Comment

‘ए साथी सुन’को छायांकन अघि दुबइमा वर्षाको मस्ती

नायिका वर्षा सिवाकोटीले केही साता अगाडि चलचित्र ‘कालिपुरुष’ साइन गरेकी थिइन् । सोही समयमा नै यो चलचित्रको नाम परिवर्तन हुने निर्माणपक्षले बताएको थियो । अब, चलचित्रको छायांकन सुरु हुनुभन्दा एक साता अगाडि यसको निर्माणपक्षले नाम परिवर्तन गरेको छ । चलचित्रको नाम अब ‘ए साथी सुन’ राखिएको छ ।

राम राघव आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्रमा वर्षाले रमेश बाँनियासँग रोमान्स गर्नेछिन् । धरानमा यो चलचित्रको छायांकन हुनेछ । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।

विना कार्कीको लगानीमा यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन सुरु हुनु भन्दा एक साता अगाडि वर्षा भने दुबई पुगेकी छिन् । दुबइमा आफ्नो व्यापारिक काम र घुमघामका लागि भन्दै उनी पुगेकी हुन् । रोचक कुरा त के छ भने, वर्षा दुबई उडेको भोलीपल्ट उनकी साथी नायिका पूजा शर्मा पनि चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका लागि दुबई उडेकी छिन् ।

वर्षाले एक साता दुबइमा समय बिताउने र नेपाल आएपछि छायांकन सुरु गर्ने बताएकी छिन् । चलचित्र ‘सुदुर’ छाडेकी वर्षा ‘ए साथी सुन’को कथावस्तु मनपरेपछि जोडिएको बताउँछिन् । यसअघि वर्षाले अभिनय गरेको चलचित्र ‘चालबाज’को नाम पनि छायांकनको क्रममै परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment