+
+
Shares

‘ट्याक्स नलगाउ प्याडमा’ भन्दै काठमाडौंमा प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७७ फागुन २४ गते १४:००

२४ फागुन, काठमाडौं । महिनावारीको समयमा लगाउने प्याडमा समेत सरकारले कर लगाएको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संरक्षक समूह नेपालको ब्यानरमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

‘ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाउ प्याडमा’, ‘महिनाको महिनावारी, प्याडको लागि सरकार जिम्मेवारी’ लगायत नारा लेखिएका प्लेकार्डसहित किशोरीहरुले प्रदर्शन गरे ।

उनीहरुले सडक नाटकसमेत प्रदर्शन गरेर प्याडमा कर हटाउन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?