Comments Add Comment

धोनीको ब्राण्डसँग जोडियो ईपीएल

२४ फागुन, काठमाडौं । भारतीय स्पोर्टस् वेयर कम्पनी सेभेन काठमाडौंमा आगामी सेप्टेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मुख्य सहप्रायोजक बनेको छ ।

सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने ईपीएलमा सेभेन ६ वटै फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ । सेभेन रीति ग्रुप अन्तर्गत रहको भारतीय फिटनेस र लाइफ स्टाइल स्पोर्ट्सवेयर ब्रान्ड हो ।

ईपीएलमा प्रबन्ध निर्देशक आमिर अख्तरले सेभेनसंग जोडिन पाएकामा खुशी व्यक्त गरे । सेभेन भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको स्पोर्ट्स वेयर ब्राण्ड हो । ईपीएल र सेभेनबीच ३ वर्षका लागि सम्झौता भएको हो ।

रीति  ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण पाण्डेले ईपीएलसँग करिब ८० लाख भारतीय रुपैयाँ बराबरको सम्झौता भएको बताए । ‘हामी सबै टिमलाई जर्सीहरु प्रदान गर्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment