Comments Add Comment

मैथिली फिल्म ‘राज्जा रानी’लाई अन्तर्राष्ट्रिय अवार्ड

२४ फागुन, जनकपुरधाम । नेपालमा निर्माण गरिएको मैथिली भाषाको फिल्म ‘राज्जा रानी’ले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

भारत बिहारको मुजफ्फरपुरमा आयोजना गरिएको साइन सिने फिल्म फेस्टिभलमा मैथिली भाषाको फिल्म ‘राज्जा रानी’ अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । दाइजोसम्बन्धी कुरीतिलाई उजागर गरेको ‘राज्जा रानी’ फिल्म नेपालमा चर्चित भएकाे थियाे ।

शिवाय प्रोडक्सनको आयोजनामा भएको साइन सिने फिल्म फेस्टिभलमा २३ देशबाट २ सय फिल्म दर्ता भएका थिए । यसमध्ये ‘राज्जा रानी’सहित ८२ वटा फिल्मले आधिकारिक प्रवेश पाउँदा ती फिल्महरुको स्क्रिनिड गरिएको थियो ।

तीनदिने फिल्म फेस्टिभल आइतबार राति समापन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment