+
+
Shares

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १९:२२

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् ।

गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् ।

माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे ।

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको उनको भनाइ छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भनेपनि सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको विप्लवको तर्क थियो ।

विप्लवले पुँजीवादी व्यवस्था असफल भएको जिकिर गर्दै वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाबीच कुन ठीक भनेर जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।

विप्लवले जनयुद्धका शहीदहरूको सपना पूरा नभएको र शहीद तथा बेपत्ता परिवारले न्याय नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?