Comments Add Comment

प्रदेश २ का ५ जिल्लामा कोरोनाको सक्रिय संक्रमित शून्य

प्रदेशभरमा १० जनामात्रै सक्रिय संक्रमित

२६ फागुन, जनकपुरधाम । प्रदेश २ को ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा एक जना पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

बुधबारसम्म प्रदेशमा १० जना मात्रै सक्रिय संक्रमित रहेका छन् । प्रदेशको पश्चिमी जिल्ला बारा र पर्सामा ४÷४ जना तथा रौतहटमा २ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यी संक्रमित होम आइसोलेसनमा रहेकाले अस्पताल र आइसोलेसन कक्षहरु खाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २३ वटा र नारायणी अस्पताल, वीरगञ्जमा १ सय १५ जनाको स्वाब संकलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

यस्तै, बुधबार ४५ जनाको स्वाब संकलन गरिएको छ । धनुषामा २३ जना र पर्सामा २२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको भने नतिजा आइसकेको छैन ।

प्रदेशमा बुधबारसम्म १ लाख ४६ हजार ३ सय ४३ जनाको स्वाब संकलन गर्दा १७ हजार २ सय २ जना संक्रमित देखिएका छन् । यसमध्ये २ सय ९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment