+
+
Shares

गुल्मीको रिडी–वामिटक्सर सडक कालोपत्रे हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १९:५५

२६ फागुन, गुल्मी । गुल्मीको रिडी-रुद्रवेणी-वामिटक्सर सडक कालोपत्रे गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १४ करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्रे हुने भएको हो ।

गुल्मीको अति व्यस्त र पुरानो सडक भएपनि अझैसम्म कालोपत्रे हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । अब बजेट विनियोजन भएसँगै सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

सडक कालोपत्रे गर्न बजेटको व्यवस्था भएको र छिट्टै टेण्डर आह्वान हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । यो सडक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकभन्दा यो सडकमा धेरै सवारी साधन चल्ने गर्दछन् । बुटवल, पाल्पाबाट गुल्मी हुँदै बाग्लुङसम्म सवारी साधन जाने भएकाले यो सडक निकै व्यस्त हुने गरेको छ ।

सडक कालोपत्रे भएपछि गुल्मी र बाग्लुङ जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?