+
+
Shares

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते ९:३६

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?