+

विल्वाओविरुद्ध पुनरागमन जितपछि एट्लेटिकोलाई ६ अंकको अग्रता

२०७७ फागुन  २७ गते ९:३१ २०७७ फागुन २७ गते ९:३१
विल्वाओविरुद्ध पुनरागमन जितपछि एट्लेटिकोलाई ६ अंकको अग्रता

२७ फागुन, काठमाडौं । एथ्लेटिक विल्वाओविरुद्ध पुनरागमन जित निकाल्दै लिग लिडर एट्लेटिको मड्रिड स्पानिस ला लिगामा ६ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउदै एट्लेटिकोले पुनरागमन जित हात पारेको हो ।

एट्लेटिकोको मैदानमा इकर मुनियनले गोल गर्दै एथ्लेटिक विल्वाओलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा मार्कोस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

लइस सुआरेजले ५१औं मिनेटमा गोल गरेपछि एट्लेटोले २-१ को अग्रता बनायो । सुबरेजकै गोल एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

जितपछि एट्लेटिकोले २६ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट ५६ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

एट्लेटिको मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय