+
+
Shares

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १५:३९
प्रतीकात्मक तस्वीर

२७ फागुन, गोरखा । गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन् ।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डीएसपी दाहालले बताए । पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?