+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

एमभी दुगडद्वारा पियाजियोको अप्रिल्ला एसएक्‍सआर १६० नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १७:३८

एमभी दुगड ग्रुपले पियाजियोको अप्रिल्‍ला एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ । जुन अप्रिल्ला नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहप्रतीक्षित प्रीमियम स्कुटर नेपालको ४ लाख ९ हजार ९ सय रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।

कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी वरिष्ठ उपाध्यक्ष सुधाशु अग्रवाल साथै एम भी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरेका हुन् ।

सिंगल सिलिन्डर ४-स्ट्रोक एयर-कूल्ड, भल्भ फीउल ईन्जेक्शन कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ । यसले ९०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ ।

उद्घाटन समारोहको बारेमा टिप्पणी गर्दै पियाजिओ भारतका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले भने, ‘हामी सबै ग्राहकहरुका लागि अप्रिल्‍ला एसएक्सआरलाई धेरै अपेक्षित प्रिमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं। उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिल्ला विशेष गरी इटालीमा डिजाइन गरिएको हो, हामी विश्वास गछौं कि यस स्कूटरले नेपालको प्रीमियम टू कीलर बजारमा उच्च मापदण्डहरू सेट गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?