Comments Add Comment

लागूऔषध अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

२९ फागुन, रौतहट । रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ ।

मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो । अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

रौतहटका ग्रामीण भेगमा किसानहरुले लुकिछिपी अफिम खेती गर्दै आएका छन् । मंसिर अन्तिमतिर रोपिएको अफिमको बिरुवा माघ–फागुनसम्म दाना लागेर तयार हुन्छ । दानालाई बिरुवामा भएकै बेला ब्लेडले चिरेर तरल पदार्थ चोप निकालेपछि प्रशोधन गरी लागूऔषध अफिम तयार हुने गर्दछ ।

बजार मूल्य अत्याधिक भएको हुनाले पनि यो खेतीतिर ग्रामीण भेगका केही किसान बढी आकर्षित भएका हुन् ।

कानुनले बन्देज गरेको अवैध लागूऔषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment