+
+

तातोपानी नाकाबाट पनि आयो रासायनिक मल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २९ गते २०:०५
फाइल तस्वीर

२९ फागुन, काठमाडौं । उत्तरी सीमा नाका तातोपानीबाट पहिलोपटक नेपालमा रासायनिक मल भित्रिएको छ ।

तातोपानी नाकाबाट यसअघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुनेगरेको भएपनि यो साता भने ४ हजार टन रासायनिक मल भित्रिएको छ । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो ।

चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलोपटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको खत्रीले जानकारी दिए ।

आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए एक महिनामा सबै मल आइसक्ने उनको भनाइ छ ।

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके किसानहरुले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए ।

कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिनभित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?