Comments Add Comment

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु   

१ चैत, भोजपुर । मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा गएराति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

व परीक्षणका लागि आइतबार जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment