Comments Add Comment

विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

प्रतीकात्मक तस्वीर

२ चैत, काठमाडौं । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन् ।

विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको सोमबार शिलान्यास गरिएको छ । चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

उक्त तीनवटा पुल दुई करोड ४७ लाख रुपैयाँको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुनेछन् । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको हुनेछ ।

कला विल्डरले बरगाछी र घाँस चोकको तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको इन्जिनियर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment