
मुगुमा लकडाउनको बेलामा अध्ययनरत विद्यार्थी /फाइल तस्वीर
३ चैत, काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ ।
सामान्यतया फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको कारण नयाँ शैक्षिक सत्र अन्य जिल्लाहरुसँगै असारबाट नै हुने भएको हो ।
मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो ।
तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकोले सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने, ‘कोरोनाको कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सक्ने अवस्था भएन । त्यसैले ती जिल्लाहरुमा पनि असारबाटै सुरु हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4