+
+
Shares

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १०:३२

४ चैत, काठमाडौं । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने माघ मसान्तमा ८२ अर्ब २९ करोड रुपैयाँ लगानीमा रहेको छ । गत पुस मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ६९ अर्ब ९६ करोड रुपैयाँ लगानीमा रहेको थियो ।

“पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनरकर्जाका लागि ३७ बैंक तथा वित्तीय संस्थाबाट ४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको राष्ट्र बैंकले बताएको छ ।

पुस मसान्तसम्म कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको ७६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?