Comments Add Comment

नेपाल राष्ट्रिय व्यवसायी महासंघको चुनाव शनिबार

अध्यक्षका लागि तीन जनाको उम्मेद्वारी

४ चैत, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुने भएको छ । महासंघका अध्यक्ष नरेश कटुवाल नेतृत्वको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने भएको हो ।

शनिबार बिहान उद्घाटन शत्र सक्ने र दिउँसोका लागि निर्वाचनको कार्यक्रम राखिएको महासंघले जनाएको छ । महासंघको नयाँ नेतृत्वका बिहीबार नै उम्मेद्वारी दर्ता समेत सकिएको छ । अध्यक्षका लागि कुमार कार्की, अञ्जन शाक्य र माधव खरेलको उम्मेद्वारी परेको महाधिवेशन तयारी समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

अध्यक्षमा उम्मेद्वारी दिएका कार्की वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने शाक्स महासचिव र खरेल उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष र महासचिवमा भने एक/एक जनाको मात्रै उम्मेद्वारी परेको संयोजक कार्कीले जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा नयनबहादुर पण्डित क्षेत्रीको एकल उम्मेद्वारी परेको छ भने महासचिवमा रत्न घिमिरेको एकल उम्मेद्वारी परेको छ ।

दावी विरोधको समय बाँकी रहेका कारण एकल उम्मेद्वार भए पनि भोलि साझमात्रै घोषणा हुने महासंघको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने पक्का भए क्षेत्री अहिलेका प्रथम उपाध्यक्ष हुन् । महासचिव बन्ने पक्का भएका घिमिरे भने हालका सचिव हुन् । यसैगरी ८ खुला उपाध्यक्षमा १३ जनाको उम्मेद्वारी परेको छ । अन्य पदहरुमा पनि औसतमा आवश्यक पद भन्दा दोब्बरको उम्मेद्वारी परेको माहासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment