Comments Add Comment

बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ समातियो

Photo Credit : नरेश सुवेदी

४ चैत, काठमाडौं । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले जानकारी दिए ।

मंगलबार पनि उक्त बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको सुवेदीले बताए । हालसम्म बाघको आक्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन लट्याउने ओषधि प्रयोग गरिएको सुवेदीले बताए ।

नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने सुवेदीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment