Comments Add Comment

एनएसएल : विराटनगरको मार्की खेलाडीमा रञ्‍जित धिमाल

५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्ललबे रञ्‍जित धिमाललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । विराटनगरले बिहीबार एक कार्यक्रमकाबीच विराटनगरले राष्ट्रिय टिमका डिफेण्डर धिमाललाई टिमको मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबलका लागि एनएसएलका फ्रेन्चाईजले एक मार्की खेलाडी राख्न पाउने प्रावधान अनुसार विराटनगरले धिमाललाई अनुबन्ध गरेको हो । धिमालले शुक्रवार हुने अक्सनबाट बेस्ट खेलाडी छनोट गर्ने प्रयास गर्ने बताए ।

धिमालले आफ्नो गृहनगर विराटनगर टिमको प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी लागेको बताए । तर, सम्झौता रकम भने खुलाइएको छैन । यसअघि नै धनगढी एफसीले मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।

यस्तै ललितपुर सिटी फुटबल क्लबले विंगर अन्जन विष्ट र चितवन एफसीले फरवार्ड भरत अवासलाई मार्की खेलाडिको रुपमा अनुबन्ध गरिसकेको छ । चितवनले मेघराज केसीलाई मुख्य प्रशिक्षक र शैलेस कर्माचार्यलाई सहायक प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । यसैगरी काठमाडौं रेजर्सले विकेश कुथुलाई मार्की खेलाडी र बालगोपाल महर्जनलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोनामा आगामी बैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलमा देशका विभिन्न शहरका ७ फ्रेन्चाईज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment