Comments Add Comment

नेपाल सुपर लिगको अक्सन सुरू

६चैत, काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो ।

अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन् । एबाट ३ खेलाडी, बीबाट ४-६, सी बाट ५-७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ ।

अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् । त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ।

क्याटेगोरी ए को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बोली लाग्नेछ ।क्याटेगोरी बी को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।

क्याटेगोरी सी को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बोली लाग्नेछ । ए क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए । लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।

तस्वीरहरु-विकास श्रेष्ठ/अनलाइनबखर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment