Comments Add Comment

हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

७ चैत्र, हेटौंडा । साविकको विजेता मकवानपुर–११ हराउँदै त्रिभुवन आर्मी क्लबले शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि जितेको छ । शनिबार हेटौंडास्थित वन बिज्ञान खेल मैदानमा भएको फाइनलमा आर्मीले मकवानपुर–११ लाई १–० ले हरायो ।

आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै आर्मीले १० लाख नगद हात पारेको छ ।

उपविजेता मकवानपुर–११ ले पाँच लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको बेष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट, बेष्ट डिफेन्डर आर्मिका दिपक गुरुङ, मिडफिल्डर आर्मिका सेसेहाङ आङदेवे, गोलकिपर आर्मिका विवश चौधरी र बेष्ट प्रशिक्षक आर्मिका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुर–११ का अमिर श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका का छन् । उनलाई रोयल इनफिल्ड मोटरसाइकल दिइएको छ ।

नेपालका फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कारमा यो नै सबभन्दा महंगो भएका आयोजकले जनाएको छ । आयोजकका अनुसार मोटरसाइकल मुल्य ५ लाख ५० हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment