Comments Add Comment

ललितपुर मेयर महिला क्रिकेट : उद्घाटन खेलमा एपीएफ र प्रदेश १ भिड्ने

९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तषा ललितपुर महानगरपालिकाको प्रायोजनमा हुने पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ ।

क्यानले सोमबार सार्वजनिक गरेको च्याम्पियनसिपको खेल तालिका अनुसार चैत २१ गते पहिलो खेलमा एपीएफ र प्रदेश १ भिड्ने भएका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे सुरु हुनेछ । गत पुषमा दाङमा भएको प्रधानमन्त्री कपमा प्रदेश १ले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा एपीएफ र प्रदेश १ सहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा प्रधानमन्त्री कप सेमिफाइनल खेलेका चार टिम र आयोजक ललितपुर मेयर एघार टिम छन् । एपीएफ र प्रदेश१ सहित लुम्बिनी र सुदूरपश्चिमले प्रधानमन्त्री कपमा सेमिफाइनल खेलेको थियो ।

सिंगल राउण्ड रोविनको आधारमा हुने च्याम्पियनसिपमा पहिलो दिन एक खेल हुनेछ भने दोस्रो दिन दुई खेल हुनेछ । लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ ।

अनुमानित ५० लाख बजेट रहेको प्रतियोगिताको लागि ललितपुर महानगरपालिकाले प्रायोजन बापवत २० लाख क्यानलाई उपलब्ध गराएको छ । बाँकी रकम क्यान आफैले खोज्ने जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले १५(१५ हजार पाउने छन् ।

हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् । यस्तै खेलाडीले म्याच फि वापत हरेक खेलको १ हजार समेत पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment