+
+
Shares

दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनुपर्ने अदालतको निश्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १८:४७

९ चैत, काठमाडौं । ४० वर्ष भारतको जेल बसेर छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई क्षतिपूर्ति दिनुपर्ने कोलकाता उच्च अदालतले निश्कर्ष निकालेको छ ।

यो मुद्दाबारे जानकार अधिवक्ता सतिशकृष्ण खरेलका अनुसार सोमबार कोलकाता अदालतले क्षतिपूर्ति दिने सम्बन्धमा धारणा के छ, दिने वा नदिने हो सो धारणा लिएर आउन आदेश गरेको छ ।

न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र अनिरुद्र रोयको सोमबारको इजलासले दुर्गाप्रसादको आर्थिक तथा सामाजिक अवस्थाका कारण उनलाई क्षतिपूर्ति दिनु जायज हुने ठहर गरेको छ । दुर्गाप्रसाद कैदमा रहँदा उनका परिवार आर्थिक रुपमा कमजोर भएको र धेरै सामाजिक समस्या भोग्नुपरेको आदेशमा उल्लेख गरिएको छ ।

४० वर्ष भारतका विभिन्न जेलमा रहेका दुर्गाप्रसाद कोलाकातास्थित दमदम कारागारबाट रिहा भई आइतबार इलामको लुम्बाकस्थित घर आइपुगेका छन् । उनलाई क्षतिपुर्ति दिइनुपर्ने माग नेपालमा उठिरहेका बेला कोलकाता अदालतले बंगाल सरकारको धारणा माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?