
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन केही दिन अगाडि मात्र सुरु गरिएको थियो । यो चलचित्रलाई आगामी बर्षको तिहारमा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई करण श्रेष्ठले वितरण गर्नेछन् । उनले चलचित्र तिहारमा ल्याउने पक्का भएपनि कुन दिनबाट रिलिज गर्ने भन्ने जानकारी केही दिनमै दिने करणको भनाई छ ।
यो चलचित्रमा प्रमोद अग्रहरि, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, दुर्गेस थापा, रवि गिरी लगायतका कलाकारको अभिनय छ । राकेश रनपालको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद भोमन कटुवालको छ । चलचित्रमा मोहनकुमार झिल्लुको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, सुरेश गैरेको संगीत, राजु किराँतको एक्सन छ ।
यो चलचित्रलाई नेपालभर जीजीए ग्रुपले वितरण गर्नेछ । सस्पेन्स थ्रिलर कथामा निर्माण भैरहेको चलचित्रलाई भोमन कटुवालले निर्देशन गरिरहेका छन् ।
प्रतिक्रिया 4