Comments Add Comment

अमेरिकास्थित नेपाली दूतावासले गर्‍यो एसियाली मूलका नागरिकमाथिको आक्रमणको निन्दा

१० चैत, काठमाडौं । अमेरिकास्थित नेपाली दूतावासले पछिल्लो समय अमेरिकामा एसियाली मूलका नागरिकलाई लक्षित गरी भइरहेको आक्रमणको निन्दा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले कुनै पनि वर्ग वा वर्णलाई लाक्षित गरेर हुने हिंसा तथा विभेद निन्दनीय हुने बताएको छ ।

उक्त विज्ञप्तिमा एटलान्टामा आठजना मानिसको ज्यान जाने गरी भएको आक्रमण र सन्फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरमाथिको आक्रमणप्रति दूतावास गम्भीर रहेको उल्लेख छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले यी घटनाका दोषीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्ने सबै अमेरिकी नागरिकप्रति पनि आभार व्यक्त गरेको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरु मनैदेखि शान्तिप्रेमी मानिसहरु हुन् । विविधता, आपसी सम्मान र सौहार्दता नेपालीहरुको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले नेपालीले पनि अन्य मानिसबाट सोही कुराको अपेक्षा राख्छन् ।’

दूतावासले आफ्नो आदर्शलाई कायम राख्न र अमेरिकाको संस्कृति सम्मान गर्दै स्थानीय नियम पालना गर्न पनि सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment