Comments Add Comment

देउवाले झोक्किँदै भने- विपक्षी पार्टी भनेको सुन्नु भएन ? जानुस्

१० चैत, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन् ।

तर जिम्मेवारी आए नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।

पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।

ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने कांग्रेस सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’

त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्’ भन्दै उठेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment