+
+

किसान महासंघको भेला गरेकोमा वामदेवको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते २२:०२

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अखिल नेपाल किसान महासंघले राष्ट्रिय भेला गरेकोमा वामदेव गौतमले आपत्ति जनाएका छन् ।

महासंघको नामा ८ चैतमा भएको भेलालाई गौतमले गुट विशेषको भेला भनेका छन् । २३ फागुनको अदालतको फैसलाअनुसार, महासंघको वैधानिक अध्यक्ष आफू रहेको भन्दै गौतमले ६ चैतमा राष्ट्रिय समितिको बैठक राखेका थिए ।

तर २२ माघमा पूर्वमहासचिव प्रेम दंगालको अध्यक्षतामा किसान महासंघ बनाएको ओली समूहले ८ चैतमा भेला गरेको छ । दंगाल नेतृत्वको महासंघ गुतगट भएको र वैधानिक महासंघ आफू नेतृत्वमा रहेको गौतमले भने उल्लेख गरेका छन् ।

महासंघका कार्यालय सचिव डीबी कार्कीले सोमबार बक्तव्य जारी गर्दै ओली समूहको महासंघले गरेको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?