 
																			८ माघ, काठमाडौं । नेकपा एमालेले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
त्यस्तै, एमालेले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय पनि लिएको छ । अभियानमा सम्पूर्ण पार्टी पंक्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय लिएको महासचिव पोखरेलले बताएका छन् ।
अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय भएको पनि उनले बताएका छन् ।
त्यस्तै, पार्टीको विधान महाधिवेशन आगामी साल भाद्र २०–२२ मा ललितपुरको गोदावरी सनराईज हलमा आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4