+

११ लाख बजेटबाट करोडको काम !

२०७७ चैत  १० गते १४:३६ २०७७ चैत १० गते १४:३६
११ लाख बजेटबाट करोडको काम !

१० चैत्र, हेटौंडा । व्यवस्थित खेल मैदानको अभाव व्यहोरिरहेको हेटौंडामा मैदान निर्माणको कामले गति लिएको छ । लामो सयम वैदेशिक रोजगारीमा रहेका हेटौंडाका अन्तिराष्ट्रिय बक्सर सुशील घिमिरेको नेतृत्वमा व्यवस्थित फुटबल मैदान निर्माण तथा एथ्लेटिक्स ट्रयाक निर्माणका कामले तीव्रता पाएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तिराष्ट्रिय प्रतियोगितामा उपाधि समेत जितेका घिमिरे बैदेशीक रोजगारीबाट फर्किएसँगै खेलकुदको पुर्वाधार निर्माणमा लागेका छन् । झण्डै एक वर्ष अवघिमा हेटौंडा ५ पिप्लेमा ‘इन्डोर’ खेलका लागि बहुआयामिक हल निर्माण गरेका घिमिरेले अहिले फुटबल मैदान निर्माणमा जोसिएका छन् ।

हेटौंडा ५ क्याम्पडाँडाँमा रहेको मत्स्य विकास केन्द्रको स्वामित्वमा रहेको जमिनमा प्याराफिट सहितको खेल मैदान निर्माणमा लागेका घिमिरेले ४ सय मिटरको १० मिटर चौडा एथ्लेटिक्स ट्रयाक सहितको व्यवस्थित खेल मैदान निर्माण थालेको बताए ।

मैदानको वरिपरी ट्र्याक निर्माणको लागि ५ नम्बर वडाले बिनियोजन गरेको ११ लाख रुपियाँ बटा काम थालेको उनले बताए । उनले भने ‘मैदान अभावका कारण खेलाडी उत्पादनमा व्यहोर्दै आएको समस्या अब समाधान हुन्छ । ’

११ लाख बजेटबाट करोडको काम

खेल मैदानको अभाव रहेको अवस्थामा पिप्ले युवा क्लबको अगुवाईमा निर्माण थालिएको मैदानको वरिपरी एथ्लेटिक्स ट्र्याक निर्माणको लागि वडा कार्यालयले छुट्याएको ११ लाख रुपियाँ खर्च हुँदा नहुँदै मैदानमा १ करोड बराबरको काम देखिएको छ ।

वडाले छुट्याएको बजेट भन्दा बाहिरी सहयोगबाट निर्माणको कामले गति लिएको निर्माणमा क्रियाशील रहेका क्लबका अध्यक्ष घिमिरेले बताए । मैदान निर्माणको लागि आवश्यक घेरै सामग्री सहयोगबाट प्राप्त भएका छन्, वडाले छुट्याएको बजेटबाट निर्माणमा लागेका मजदूरलाई पारिश्रमिकको लागि प्रयोग भएको उनले बताए ।

अहिले ४ सय मिटर लम्बाई र १० मिटर चौडाको एथ्लेटिक्स ट्रयाक निर्माणको लागि आवश्यक जमीनमा ओछ्याउने ग्रेबल स्थानिय व्यवसायीको सहयोगमा ल्याइएको छ भने माथिल्लो भागमा ओछ्याइने इट्टाको धुलो पनि व्यवसायीहरुले सहयोग गरेको उनले जानकारी दिए ।

खेल मैदानलाई व्यवस्थित गर्दै ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । केहि दिनमा ग्राभेल सम्याएपछि मैदानले नयाँ स्वरुप पाउने उनको विश्वास छ ।

ट्र्याकपछि ७ करोड लागतको प्याराफिटको सपना
स्थानीय व्यवसायी तथा सरकारी निकायले मैदान निर्माणमा गर्दै आएको सहयोगबाट उत्साहित बनेको व्यवस्थित मैदान निर्माण टोलीले पिप्ले खेल मैदानमा प्याराफिट निमार्णको सपना देखेको छ । मैदानलाई व्यवस्थित बनाएसँगै दक्षिण भागमा १० हजार मानिस क्षमताको प्याराफिट निर्माणको कामले गति लिने भएको छ ।

कामका लागि पहिलो टोकन स्वरुप हेटौंडा उपमाहानगरपलिकाले ३० लाख रुपियाँ दिने भएको मैदान निर्माणमा सहयोगी बनेका हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँले बताए । उप-महानगरका मेयर हरीबहादुर महतले ३० लाख रुपियाँ दिन भनेपछि करिब ७ करोडको योजना बनाएर अहिले प्यारासफिट निर्माणको तयारी थालेको उनले बताए ।

‘अहिलेसम्म ११ लाखबाट सुरु गरेको कामले १ करोड बराबरको पुर्वाधार निर्माण गर्‍यौं, अब पनि गर्न सक्ने आँट छ ।’  उनले  भने, ‘ अहिले मैदान निर्माणमा जस्तै सहयोग बाह्य क्षेत्रबाट रहे जिल्लाकै पहिलो खेल मैदानको रुपमा पिप्लेको क्याम्पा मैदानलाई लिन सक्छौँ। ‘

हरेक वर्ष हुने फुटबल सहित अन्य प्रतियोगितामा दर्शकको चापका कारण खेल हेर्न समेत नपाउने अवस्थामा पिप्ले क्लबले थालेको यो अभियानलाई सार्थक बनाउँन देश विदेशमा रहेका सम्पूर्णमा सहयोगको लागि उनले आग्रह गरे ।

‘अब यहाँ रहेका सरकारी निकाय र प्रदेश सरकार सहित संघीय सरकार समक्ष योजना बोकेर जाने तयारी क्लबले गरेको छ।’ वडा अध्यक्ष बानियाँले भने ।

खेल

धेरै कमेन्ट गरिएका

लेखक
राजन दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय