Comments Add Comment

भारतीय नायिका गीताञ्जलीसँग सौगात र अनुपको ‘जार’

भारतीय नायिका गीताञ्जली थापाले एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘जार’को छायांकन बुधबारदेखि सिक्किममा हुँदैछ । चलचित्रको छायांकनका लागि नायकद्धय सौगात मल्ल र अनुप विक्रम शाही सिक्किम पुगेका छन् ।

फेरि टेल पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सत्य कथामा आधारित भनिएको छ । सन् १८ सयको दशकमा सिक्किमको समाजमा घटेको सत्य घटनामा यो चलचित्र बन्ने भएको हो । फुर्वा छिरिङ लामाको निर्देशनमा यो चलचित्र निर्माण हुन लागेको हो ।

इन्द्र बहादुर राइको लेखनमा बन्न लागेको चलचित्रमा प्राविधिक टिम भारतकै रहनेछ । नायिका गीताञ्जली थापा सिक्किममा जन्मिएकी हुन् । उनले चलचित्र ‘लायर्स डाइस’बाट भारतको ‘नेशनल फिल्म अवार्ड’ समेत जितेकी थिइन् । यो चलचित्रको छायांकन २० दिनमा सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment