Comments Add Comment

जर्मनीमा थप ३ साता लकडाउन

१० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि जर्मनीले थप तीन साता लकडाउन थप गरेको छ । इस्टर पर्वको समयमा कोरोना संक्रमण अझै बढ्न सक्ने आशंका गर्दै लकडाउन थप गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अब जर्मनीमा १८ अप्रिलसम्म लकडाउन हुनेछ । विभिन्न राज्यका नेताहरुसँग नेताहरुसँगको छलफलपछि जर्मन चान्सलर एन्जेला मर्केलले अप्रिल १ देखि ५ सम्म लकडाउन अझै कडा पार्ने निर्णय गरेकी छन् । सो अवधिमा अधिकांश पसल बन्द गर्ने र भेलामा पनि प्रतिबन्ध लगाउने तयारी छ ।

अहिले जर्मनीमा कोरोना संक्रमणको तेस्रो लहर फैलिएको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा ७,४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २५० संक्रमितको मृत्यु भएको छ ।

मर्केलले अहिले जर्मनी कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा रहेको बताएकी छिन् । उनले पछिल्लो समय संक्रमण बढ्नुका साथै अस्पतालको आईसीयू कक्ष पनि भरिन थालेको भन्दै सचेत गराएकी छन् ।

पछिल्लो केही समययता जर्मनीमा मात्र नभई युरोपभर नै कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment