Comments Add Comment

ललिता निवासको जग्गामा घर टहरा नबनाउन सरकारको निर्देशन

११ चैत,  काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासको जग्गाभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । बुधरबार मन्त्रालयले विज्ञप्ति जारी गरेर मन्त्रीस्तरको निर्णयबाट घर टहरा हटाउन निर्देशन भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वालुवाटारस्थित ललिता निवास क्‍याम्पभित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्‍न विवरणका जग्गाहरुमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्‍यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्‍यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  शिवमाया तुम्बाहाङ्फेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् । यता, मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment