Comments Add Comment

त्रिदेशीय कपका लागि नेपाली फुटबल टिमको तयारी (फोटो फिचर)

११ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल प्रतियोगिताअन्तर्गत किर्गिस्तानविरुद्ध खेल्नुअघि नेपाली टिमले तयारी गरेको छ । त्रिदेशीय कपका लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अन्तिम तयारी गरेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसहित बंगलादेशको सहभागिता छ । कीर्गिस्तानको ओलम्पिक टिम मंगलबार भएको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

किरण चेम्जोङको कप्तानीमा बुधबार नेपालको २३ सदस्यीय टोली घोषणा भएको छ । जसमा विराज महर्जनले पुनरागमन गरेका छन् भने नवयुग श्रेष्ठलगायत खेलाडी टिममा परेनन् । नेपालको सिनियर टिमले करिब ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल्दैछ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment