Comments Add Comment

बद्री भन्छन्–‘दोहोरी च्याम्पियन’का निर्णायकहरुमाथि शंका नगर्नुहोस्’

गायक बद्री पंगेनीले ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को आउँदा भागहरुलाई सुधार गर्दै लैजाने बताएका छन् । ‘दोहोरी च्याम्पियन’को संचालन गर्दै आएका गायक पंगेनीले पहिलो भागमा दर्शकले दिएका प्रतिक्रियालाई गालीभन्दा पनि सुझाव र आशिर्वादका रुपमा लिएको बताए । निर्णायकले बोलेका सबै कुराहरु प्रशारण नहुँदा पहिलो भागमा दर्शकबाट आलोचना भएको उनले बताए ।

उनले भने–‘बोलेका सबै कुरा भन्दा पनि सम्पादन भएर निर्णायकको छोटा प्रतिक्रिया मात्र सार्वजनिक हुँदा आलोचना भयो । यद्यपी हामीले यसलाई आलोचना भन्दा पनि सुझावका रुपमा लिएका छौं ।’

बुधबार सवारी साधनमा प्रयोग हुने मोविल ब्राण्ड ‘आईटिआर लुब्रिकन्ट्स’को ‘ब्राण्ड एम्बासडर’ नियुक्त भएपछि बोल्दै बद्रीले शोको वचाउ गरेका हुन् । ‘दोहोरी च्याम्पियन’बारे उनले अगाडि भने–‘पहिलो भागमा जुन प्रतिक्रियाहरु आए । आगामी भागमा त्यस्तो हुँदैन । कमीकमजोरी सुधारिसकेका पनि छौं ।’

‘दोहोरी च्याम्पियन’को पहिलो भाग निर्णायकका कारण आलोचित बनेको थियो । अधिकांश दर्शकले निर्णायकहरु परिवर्तन गर्नुपर्ने माग समेत गरेका छन् । तर, बद्रीले यो शोका सबै निर्णायकहरु अनुभवी रहेको भन्दै उनीहरुमाथि शंका नगर्न आग्रह गरे ।

नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, गायक पंगेनी र लोकदोहोरी गायिका प्रिती आले कार्यक्रमको संचालकको रुपमा छन् ।

‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यसमा प्रथम हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः १० लाख, ३ लाख र २ लाख पुरस्कार प्राप्त गर्नेछन् । हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ । यसका १० भाग छायांकन भैसकेको छ । गायक पंगेनीले दर्शकको मागअनुसार ‘दोहोरी च्याम्पियन’मा अतिथि निर्णायकहरु ल्याइने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment