+

त्रिदेशीय कप फुटबलमा नेपालका दुई खेलाडी डेब्यू गर्दै

२०७७ चैत  १२ गते १७:०७ २०७७ चैत १२ गते १७:०७
त्रिदेशीय कप फुटबलमा नेपालका दुई खेलाडी डेब्यू गर्दै

१२ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल अन्तर्गत बिहीबार कीर्गिस्तानको ओलम्पिक टीम विरुद्ध खेल्ने नेपाली टिम सार्वजनिक भएको छ  ।

मिडफिल्डरद्वय त्रिदेव गुरुङ र सन्जोग राई पहिलो रोजाईमा परेका छन् । उनीहरुले पहिलो पटक सिनियर टिमबाट खेल्न लागेका हुन्  ।

नेपाल र कीर्गिस्तानबीचको खेल ५:३० मा दशरथ रंगशालामा सुरु हुँदैछ ।

नेपालको प्लेइङ इलेभेनमा गोलकिपरमा किरण चेम्जोङ, रक्षापंक्तिमा अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी र रञ्जित धिमाल रहेका छन् ।

मध्यपंक्तिमा तेज तामाङ, सञ्जोग राई, त्रिदेव गुरुङ र रवि पासवान छन् । फरवार्डमा अञ्जन विष्ट र अभिषेक रिजाल रहेका छन् ।

त्रिदेशीय कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय