Comments Add Comment

ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाए, कसरी हेर्ने नतिजा ?

१३ चैत, काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् ।

ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो । ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर’बाट हेर्न सकिने छ । सीडीएससीले ल्याएको नयाँ वेवसाइट ‘आईपीओरिजल्टडटसिडिएससीडटकमडटएनपी’ र बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइटबाट पनि हेर्न सकिन्छ । यसबाहेक ज्योती लाइफको वेवसाइटबाट पनि रिजल्ट हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment