
फाइल तस्वीर
१३ चैत, काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी केन्द्रमा रहे ।
एमाले दलको नेतामा प्याकुरेल चयन भए । संसदीय दलका नेता ओलीले आफूलाई राष्ट्रयसभा दलको नेताको जिम्मेवारी दिएको प्याकुरेलले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4