Comments Add Comment

जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपाली बजारमा

१३ चैत, काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ मेसिनलाई नेपाल ईंट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठले संयुक्त रुपमा भर्च्युअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट यार्मजडित सिंगल बुम जस्ता फिचर रहेको र जसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार इन्जिनलाई साइडमा सारिएको छ जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउँछ । त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पछाडि सारिएको र जसले मेसिनको सन्तुलनलाई राम्रो बनाउने छ ।

नयाँ मेसिनमा ‘क्विक हिच्’ रहेको छ जसले बकेट परिवर्तन गर्न र एट्याचमेन्टहरु परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउने कम्पनीले जनाएको छ । नयाँ जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ले ग्राहकको अपेक्षा पुरा गर्नुका साथै नेपाली निर्माण उपकरण बजारमा गेम चेन्जर सावित हुने दावी कम्पनीको छ ।

कम्पनीका अनुसार नयाँ मेसिनको डिजाइन र पर्फर्मेन्स जेसीबीको ग्लोबल मापदण्डमा आधारित रहेका र जसले मेसिन मालिक र अपरेटर दुवैलाई फाइदा दिलाउने छ । औद्योगिकरणले तीव्रता पाइरहेको नेपालमा यो मेसिनको आवश्यकता र उपयोग बढ्दै जाने अपेक्षा कम्पनीले गरेको छ । अत्याधुनिक प्रविधिमा आधारित यो मेसिनलाई जेसीबीको ‘फ्युचरिस्टिक मेसिन’ मान्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment