+
+
Shares

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १४ गते १८:५८

१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए ।

पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मका जिल्लामा शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए । राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने भन्दै पूर्वराष्ट्रपति यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?