+
+

समीक्षक समाजको अध्यक्षमा दीपेन्द्र लामा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १५:२९

चलचित्र समिक्षक समाज नेपालको अध्यक्षमा दीपेन्द्र लामा चयन भएका छन् । काठमाडौंमा सम्पन्न भएको फिक्सनको साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । विभिन्न संचारमाध्यममा रहेर चलचित्र समिक्षा गर्दै आएका समिक्षकहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो ।

पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितीमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामिप्यराज तिमिल्सिना र स्मृती ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ । केन्द्रिय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाँल, अभिमन्यू दिक्षित र रक्षा थापा चयन भएका छन् ।

चलचित्र समिक्षा गर्ने संकृतीलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य आफूहरुको रहेको नवनिर्वाचित अध्यक्ष लामाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?