+

लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

२०८३ जेठ  ८ गते १०:०४ २०८३ जेठ ८ गते १०:०४
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
  • अमेरिकाले टस जितेर बलिङ रोजेको हो ।
  • नेपालले पछिल्लो खेलबाट टिममा कुनै परिवर्तन गरेको छैन ।

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेको पहिलो रोजाईँको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपाल र अमेरिका दुवैले पछिल्लो खेलमा स्कटल्यान्डलाई हराएको थियो ।

दुवै टोली लिगमा २८औं खेल खेल्दैछन् । अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल २२ अंकसहित पाँचौ स्थानमा छ । आजको खेल जित्न सके नेपालले शीर्ष चारको सम्भावनलाई बलियो बनाउँदै लानेछ ।

घरेलु भूमिमा भइरहेको लिग २ को अन्तिम खेल जित्दै नेपाललाई घरेलु मैदानको शृंखला सुखद रुपमा सकाउने अवसर छ । यसअघि नेपालले युएई र ओमान सम्मिलित शृंखलामा चार मध्ये ३ खेल जितेर ६ अंक जोडेको थियो ।

अहिले भइरहेको शृंखलामा नेपालले ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो । अब अन्तिम खेल पनि जित्दै यस शृंखलामा तेस्रो जितको लक्ष्यमा नेपाल छ ।

क्रिकेट विश्वकप लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय