+
+
Shares

यामाहाले ल्यायो नयाँ वर्षका लागि प्रवर्द्धनात्मक एफआई योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १८:५१

१६ चैत, काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ का लागि आफ्नो प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) योजना अघि ल्याएको छ ।

नवउत्सवलाई रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्र्याच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।

यामाहा नेपालका अनुसार ग्राहकवर्गहरुलाई थप सुविधादिने उद्धेश्यका साथ उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ । जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिने छ ।

नयाँ वर्षका प्रवर्द्धनात्मक योजनाका बारेमा जानकारी दिँदै यामाहा नेपालको सीईओ चिरञ्जीवी शाह भने, ‘कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित वातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँवर्ष २०७८मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं ।’

उनले अघि भने, ‘सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्रा आदरणीय ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथावर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रा सवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यै हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।’

नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको यामाहाको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?