+
+
Shares

यामाहा जेनुइन स्पेयर पार्ट्स अब दराजमा पनि उपलब्ध हुने

ग्राहकले अब शोरुममा गएर स्पेयर पार्ट्स खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १५:४५

२४ वैशाख, काठमाडौं । यामाहा नेपालले अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक जेनुइन स्पेयर पार्ट्स अनलाइन सपिङ साइट दराजमा उपलब्ध गराउन थालेको छ । यसबाट देशभरिका यामाहा सवारीधनीले जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज स्पेयर पार्ट्स खरिद गर्न सक्नेछन् ।

नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको छ । ग्राहकले अब शोरुममा गएर स्पेयर पार्ट्स खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ ।

यामाहा नेपालका अनुसार दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेनुइन स्पेयर पार्ट्सको क्याटलग उपलब्ध छ । यी सबै पार्ट्स कम्पनीकै मापदण्ड अनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्चस्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन् । यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग गर्छ ।

सवारीसाधनहरू लामो समय टिक्नका लागि जेनुइन पार्ट्स प्रयोग महत्त्वपूर्ण हुन्छ । सस्तो वा नक्कली पार्ट्स प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुग्ने सम्भावना बढी हुन्छ । अब दराजमा यामाहाका शतप्रतिशत असली स्पेयर पार्ट्स पाइने भएकाले ग्राहक निश्चिन्त हुन सक्ने यामाहा नेपालले जनाएको छ ।

दराजमार्फत देशभरि डेलिभरी सेवा पनि उपलब्ध छ । सहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्ट्स सजिलै उपलब्ध हुनेछन् । तत्काल चेन्ज गर्नुपर्ने वा नियमित मर्मत गर्नुपर्ने आकस्मिक आवश्यकताका बेला यो सेवा झन् उपयोगी हुनेछ ।

कम्पनीका अनुसार पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ । कुन पार्ट्स चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल छ । सुरक्षित अनलाइन भुक्तानी, अर्डर ट्र्याकिङ र समयमै डेलिभरीले गर्दा ग्राहकलाई आत्मविश्वास साथ सेवा लिन सजिलो भएको छ । यसरी यामाहाले आफनो आफ्टर सेल्स सर्भिसलाई अझ छिटो, आधुनिक र भरपर्दो डिजिटल युगमा प्रवेश गराएको छ ।

यामाहा नेपाल र दराजको सहकार्य ग्राहकका लागि एकदम लाभदायक भएको छ । यसले मोटरसाइकल चलाउने अनुभव अझ सजिलो र विश्वसनीय बनाएको छ । अब यामाहाका सवारीधनीले विश्वसनीय, गुणस्तरीय र असली स्पेयर पार्ट्स औंलाको एक ट्यापमै पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?