Comments Add Comment

गोलको खडेरी तोड्दै नेपाल च्याम्पियन [ फोटो फिचर ]

१६ चैत, काठमाडौं । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको छ ।

सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि  सन्जोगले  असिस्ट गरेका थिए ।

समूह चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र  बंगलादेशसँग गोलरहीत बराबरी खेलेको थियो । सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा चईनिज ताइपेइ लाई  हराएको नेपालले त्यससता गोल गर्न सकेको थिएन ।

सन्जोगको गोलसंगै नेपालले ८ खेलको खडेरी तोड्यो ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुस्कार पाएको छ भने बंगलादेशले ३ हजार डलरमा चित्त बुझायो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशालमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment