+
+
Shares

बालकथाका दुई पुस्तक प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १३:२७

१७ चैत, काठमाडौँ । कथालयले जिराफ नाच्न सक्दैन र सानो कङगारु नामक दुई बालकथाका पुस्तक प्रकाशित गरेको छ । जिराफ नाच्न सक्दैन नाच्न सिकिरहेको जिराफ जेराल्डको कथा हो।

जेराल्ड नाच्न चाहन्थ्यो तर हरेक वर्ष वन महोत्सवमा नाच्न नजानेर उ खिन्न महसुस गर्थ्यो । अचानक एउटा जुनेली रातमा नाच्ने तरिका थाहा पाउँछ। त्यसबेला उसले हामी सबैलाई मन पर्ने संगीत पाए नाच्न सक्छौं भन्ने महशुस गर्छ। त्यसपछि ऊ निर्धक्क आफ्नो तालमा नाच्न थाल्छ। गाइ पार्कर रिसको चित्राङ्कनले जीवन्त बनाएको यो पुस्तक जायल्स आन्ड्रियाले लेखेका हुन् ।

अर्को पुस्तक सानो कङगारु आमा र बच्चाबीचको स्नेहको कथा हो। आफ्नी आमाको पेटको थैलोबाट निस्किनै नमान्ने सानो कङगारुलाई उसकी आमाले मायालु पाराले आफ्नो पेटको थैलीबाट बाहिरी संसारमा निस्कन सिकाउँछिन। सानो कङगारु बाहिरी संसारका गतिविधि देखेर रमाउन थाल्छ।

कथा शब्दसँगै शृङ्खला चित्रहरुमा बगेको छ। यस पुस्तकका लेखक र चित्राङ्कनकर्ता गाइडो भान जेनेचन हुन्। चर्चित लेखक गाइडो भान जेनेचनको सेतो माछा शृङ्खला कथालयले यसअघि नै प्रकाशित गरिसकेको छ ।

बालबालिकालाई मनोरञ्जन दिने र व्यवहार उपयोगी ज्ञान पनि दिने यी दुवै पुस्तक ४ देखि ६ वर्ष उमेर समूहका बालबालिका लक्षित छ। यी बालकथाले हुर्किरहेका बालबालिकालाई आत्मनिर्भर हुन पनि प्रेरित गर्छन्।

जिराफ नाच्न सक्दैनको मूल प्रकाशक द वाट्स पब्लिसिङ ग्रुप (ह्याचेट, यू.के) हो। नेपाली भाषामा यसको अनुवाद भिक्टर प्रधानले गरेका हुन्। त्यस्तै बेल्जियमको क्लाभिस बिभिबिए मूल प्रकाशक रहेको सानो कङगारुको अनुवादक विनोद भण्डारी हुन् ।

जिराफ नाच्न सक्दैनको मुल्य ३५० तोकिएको छ भने सानो कङगारु को मूल्य ३२५ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?