१७ चैत, काठमाडौं । एनसेलले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ हात पार्न सफल भएको छ । मानव संशाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले गत हप्ता आयोजित एचआर मिट २०२१ को एक कार्यक्रममा एनसेललाई यो अवार्ड प्रदान गरेको हो ।
ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो ।
आफूले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यहरुको उत्कृष्टताको सम्मान तथा पहिचान गर्दै यो अवार्ड प्रदान गरिएको एनसेलले जनाएको छ । मानव संशधनमा उत्कृष्ट प्रदर्शन गर्दै उद्योग क्षेत्रभित्र र बाहिर पनि प्रभाव पार्न सफल हुनुका साथै मावन संशाधन कार्यमा उत्कृष्टताको नमुना बन्दै अरुलाई पनि पछ्याउन प्रेरित गरेकाले एनसेलले यो अवार्ड प्राप्त गरेको हो ।
ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट गर्दै आएको छ । मानव संशाधन समुदायलाई सशक्त, सबल पार्नु र विश्वव्यापी प्रचलनका बारेमा जानकारी प्रदान गर्दै आपसी सञ्जाल विस्तारमा योगदान पुर्याउन भेलाको उदेश्य रहेको ग्रोथ सेलर्सले जनाएको छ ।