१७ चैत, काठमाडौं । थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
सोमबार दशरथ रंगशालामा बंगलादेशसँग भएको फाइनल खेल नेपालले २-१ ले जितेको थियो । त्यससँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो ।
नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो । यसअघि घरेलु मैदानमा भएको सन् १९८४ को पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।
प्रतिक्रिया 4